मतलव छैन
धान रोप्ने बेला होस्
या
धान काट्ने बेला होस्
कोरोनाको महामारी होस्
या
दशैं-तिहार होस्
हामीले
खाली
समाचार सुन्नुपर्छ

कुन गुट-उपगुट हो
हिजो को कता थियो
आज कता लाग्यो
भोलि कता लाग्छ
ध्रुवीकरण के हुन्छ
अनि समीकरण के हुन्छ
समाचार संगै जान्नु पर्ने हुन्छ

आफ्नै “टेन्सन”
थपियो
कुर्सी तानातान समाचारको “टेन्सन”
छताछुल्ल आरोप-प्रत्यारोप सम्प्रेषण
अनि
हेर्न नचाहे पनि
जवर्जस्ती थोपरिएको मनोरन्जन

युद्धै युद्ध !
कहिले वाकयुद्ध
कहिले धनयुद्ध
कहिले के युद्ध
जवाफ दिनु नपर्ने
एकले अर्कालाई पगरी गुथाइदिने
अर्काले चाहिँ आत्म-समिक्षा, आत्मालोचना गर्नु पर्ने
आफुलाई निष्कलंक सम्झिने
कस्तो हो यो मनोविकार युद्ध ?

अव फेरि सुन्छु
पत्र-युद्ध शुरु भयो
सुन्नु नपरोस एकदिन
मुक्का-युद्ध भयो

भो !
प्लिज !
नलड !
देशलाई हेर
बिमानस्थलमा हेर
रेल्वेस्टेसनमा हेर
कुम्लो-कुटुरो बोकेर
कतै जान लागेकालाई हेर
आफ्नै विवेकलाई सोध

(एउटा समाचारको शीर्षक पढ्दा उब्जेको भाव )

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected