मेरै रगतका कोशिकाहरुले
जब आकार पाउँछन्
मेरै रगतको महासागरमा
पौडी खेल्न खोज्छन्
मेरै रगत चुसेर
प्यास मेट्न खोज्छन्
उनीहरुले चाहेको
उनीहरुलाई चाहिने
उनीहरुलाई मनपर्ने
सबथोक बोकेर हिँडेको छ
मेरो सिङ्गो मांश पिण्डले
अझ भनौँ
उनीहरुले खोजेको भन्दा
बढी नै बोकेर हिँडेको छ
मासु भित्र हड्डी
हड्डी भित्र मासु
जता झम्टे पनि
सिकार नै सिकार
मलाई मेरो
एक थान मांश पिण्डको
भार त्यति लाग्दैन
जति
यी एक जोर स्तन
अनि यो एक बिजोर योनी लाग्छ ।
धनगढी
२०७५/४/३१
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















