यी हुन अमेरिकाका दस सुन्दर टापुहरु

अमेरिकामा हेर्दे आनन्द लाग्ने सुन्दर टापुहरु छन् । ति टापुहरु मध्ये यहाका दस सुन्दर टापुहरु यस्ता रहेका छन् । यी टापु मध्ये सबै भन्दा सस्तो मुल्यको ९.९५ मिलियन अर्थात ७४ करोड रुपैया मुल्यको छ । त्यस्तै सबैभन्दा महंगो मुल्यको टापु फलोरिडाको पम्किनको हो । जसको मुल्य दस गुना बढी ७०८ करोडको छ । अमेरिकाको रियलस्टेट वेभसाइट रियलटर डटकमले जारी गरेको दस सुन्दर टापुहरु यस्ता छन –
१, ट्रम्प टापु- याे डिकैटर टापुमा अवस्थित ट्र्म्प टापु बासिङटनमा रहेको छ । यो अति नै सुन्दर टापु हो । यो टापुमा आफनै पावर तथा वाटर सिस्टम रहेको छ । यहा“ एक दुई बेडरुमका घरहरु पनि निर्माण भएका छन् । यो सन् २००० मा बनेको टापु हो ।
२ हुपस्टिक टापु -याे साउथ क्यारोलिनामा अवस्थित रहेको छ । यसको क्षेत्रफल १५६ एकड रहेको छ । यो टापुमा दलदली बाटो समेत रहेको छ । यो टापुमा गहिरो पानीको डाकयार्ड पनि रहेको छ । यसको हेरचाहका लागी एक जना केयरटेकर पनि राखिएको छ जुन तीन बेडरुम भएको घरमा बस्छन् ।
३, गल टापु.-९.५ एकडको यो टापुमा एउटा दस हजार स्क्वयार फुटको एउटा घर पनि रहेको छ । एउटा गेष्ट हाउस पनि रहेको छ । यदि कसैले यसलाई किनेको खण्डमा थप यसको एक एकड इलाकामा निर्माण कार्य गर्न सकिन्छ । यसको मुख्य घरको एउटा हिस्सामा पुस्तकालय पनि छ । चार वटा फायरप्लेस देखि पुल र २५०० बोतलको वाइन सोलर पनि रहेको छ ।
४ स्टाक टापु यो पश्चिममा.अवस्थित छ । यो महत्पुर्ण टापुमा घर छैन । यसको उपयोग माहुरी प्रजाति पालनका लागी गरिएको छ । यसको १० एकड क्षेत्रमा मैंग्रोव बनस्पति रहेको छ भने केही क्षेत्र सुख्खा रहेको छ । यो टापु मरिनाबाट दस किमीको दुरीमा रहेकोछ ।
५, पेट्रे टापु– यो न्युयोर्क सहरबाट एक घन्टाको दुरीमा रहेको छ । यसको क्षेत्रफल १० एकड रहेको छ यहा“ दुई घर, एक गेष्ट हाउस र एउटा मुख्य घर निर्माण भएको छ । यहा“ टि हाउस, समुन्द्री तट, हेलिप्याड पनि छ ।
६ गालु टापु– यहा“ सात बेडरुमको लज, गेस्टहाउस, लङ क्याबिन, अन्य घर, ग्यारेज तथा एउटा कुकुरको घर पनि रहेको छ । यो टापुमा १३ माइल लामो तट रेखा पनि रहेको छ । यहा“ ५०० मग सहित कयौ जीवजन्तुको घर समेत रहेको छ ।
७, टेरा टापु– यो टापुमा पा“च बेडरुम, एउटा पुल, टेनिस कोट लगायतका सुविधाहरु रहेका छन् । यहा“ पुग्नका लागी २००० फुटको बाटो छ । यो बाटोमा हिडन निकै सजिलो छ ।
८, कोलम्बिया तथा पि टापु– यहा“ दुई टापु रहेका छन् । पी टापु चार बेडरुम सहितको घर पनि रहेको छ । यो १९४० मा बनेको हो । घरलाई अहिले नया रुप रंग दिइएको छ । फरक तरिकाले यहा“ मनोरञ्जन लिन सकिन्छ । यहा“ रहेका घरको छतबाट न्युयोर्क सहर तथा न्युरोचेले पनि देख्न सकिन्छ ।
९, कैप्टिवा टापु– यो टापुमा कुनै घर बनेको छैन । यसलाई खरिद गर्नेले आफनो सपनाको घर बनाउन सक्नेछन् । १४ एकड क्षेत्रफलमा यो फैलिएको छ । यो अमेरिकाको सबैभन्दा ठुलो टापुको रुपमा समेत चिनिन्छ ।
१०, पम्किन टापु– यो फलोरिडाको कार्ड साउन्ड बे मा अवस्थित छ । यहा“ तीन बेडरुम भएको घर पनि छ । यो अमेरिकाको सबै भन्दा महंगो टापुको रुपमा चिनिन्छ । यसको तोकिएको झण्डै ७०८ करोड रुपैया अहिलेसम्म कसैले दिन सकेका छैनन ।
स्राेत :एजेन्सी