अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलधारका अमेरिकी संचारमाध्यम पक्षपाती भएको आरोप लगाएका छन् ।
उनले अमेरिकी संचारमाध्यम आफनो पक्षमा नदेखिएको समेत बताएका छन् । उनले फेक न्युज मिडिया यो किन मानिरहेका छन् की अघिल्लो वर्षको जनवरीमा राष्ट्रपति पदको सपथ जो बाइडेनले नै लिने छन् भनेर । केही साता अघि अमेरिकाका मुलधाराका मिडियाले डेमोक्रेट उम्मेदवार जो बाइडेनलाई विजेता घोषणा गरेका थिए । त्यस यता ट्रम्पले आफनो पराजय अस्वीकार गदै चुनावमा ठुलो धाधली भएको आरोप लगाएका छन् । तर अमेरिकी संचारमाध्यम तथा राज्यका अधिकारीहरुले भने चुनावमा कुनै धाधली भएको प्रमाण नभेटिएको बताइरहेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गदै भनेका छन्– ‘वर्ष २०२० को चुनावमा मुलुकको महान संविधानलाई नराम्रो संग कुल्चिएको छ ।’ उनले संविधानमा यस प्रकारको हमला यस अघि कहिल्यै नभएको बताए । उनले चुनावको विरुद्ध दायर गरिएको मुद्धा आफनो प्रचार अभियान टिमले नभई जसले चुनावमा धाधली भएको देखेका थिए उनिहले नै गरेको स्पष्ट पारेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected