एनआरएनए अमेरिकाको प्रतिनिधी छनौट विवादको नौटंकी
प्रतिनिधी विषयमा रडाको मच्चाएर विवादित बनेको एनआरएनए अमेरिकाको फेरी काठमान्डौमा पुगेर प्रतिनिधी छनौट गर्ने क्रम सुरु गरेको छ
यसरी छनौट गर्न प्रतिनिधीहरु पनि आ–आफनो मातहातका व्यक्तिहरु नै रहेको युएसनेपाल पोष्टलाई जानकारी प्राप्त भएको हो ।
केही नाम नभएकालाई काठमान्डौ लगेर आ–आफनो खेमा राखेर प्रतिनिधी बनाउने चहलखेल सुरु गरिएको छ । एनआरएनएका जिम्मेवारी व्यक्तिहरुले मनोमानी ढंगलले आफना अनुकुलका व्यक्तिहरुले प्रतिनिधी छनौट गरेपछि नै विवाद आएको हो । यी जिम्मेवार .व्यक्तिहरुले आफुलाई भोट दिनेलाई प्रतिनिधी छनौट गरेका छन् ।
‘राजनितिले डेरा जमाएको एनआरएनएमा जो जति कुर्ले पनि आखिर पार्टिको पावर विना चल्दैन, एनआरएनएका एक जिम्मेवारी व्यक्तिले आफनो नाम उल्लेख नर्गे शर्तमा भने–‘पार्टिले औला ठडाएपछि विरोध गर्नेहरु पनि सामसुम भएका छन् ।’
केही व्यक्तिको मनोमानीमा एनआरएनए आइसिसि डेलिगेट छाने पछि एनआरएनए भित्रको राजनितिक विवाद यस अघि बाहिर छताछुल्ल भएको थियो । एनआरएनमा सदस्य नभएकालाई समेत प्रतिनिधी छनौट गरिएको छ ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह सहितको समुहले काठमान्डौ पठाउने नामावलि छनौट गरेपछि क्षेत्रीय उपाध्यक्ष कृष्णजिवि पन्त सहितको १३ सदस्यीय कार्यसमितिकै सदस्यले नामवलि ठाडै अस्वीरका गदै विज्ञप्ती निकालेका थिए ।
१३ सदस्यीय कार्यसमितिका पदाधिकारीले विज्ञप्ती नै जारी गरी एनआरएनएमा क्रियाशिल र जिम्मेवार व्यक्तिलाई पन्छाएर आफना आसेपासे र नजिकका व्यक्तिलाई नामावलिमा पारेको भन्दै असहमति जनाएका थिए ।
भागबण्डा मिलेर हो या के भएर हो अहिले आएर यो समिति पनि प्रतिनिधि छनौटको विषयमा केही बोलेको छैन ।
यस अघि प्रतिनिधी छनौट विवाद भएपछि आइसिसी अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशी, एनआरएनए अध्यक्ष स’निल शाहले पनि फरक फरक विज्ञप्ती निकालेका थिए । अमेरिकाबाट केही प्रतिनिधी नगएपछि फेरी नामवलि थप गर्ने भन्दै प्रतिनिधी छनौट स’रु गरिएको छ । यसरी छनौट गर्ने नामावलीमा आफना ‘भोट ब्याङ्क ’ इतरका मान्छेलाई राख्न कसरत गरिएको स्रोतले बताएको छ ।
रजिष्ट्रेसन समेत रोक्का
एक पछि अर्को गदै एनआरएनए अमेरिकाको विवाद चुलिदै गएको छ । प्रतिनिधी छनौटमा नामवलि समेत भएका व्यक्तिहरुलाई एनआरएनए विश्व सम्मेलनमा रजिष्ट्रेसन गर्नबाट समेत वञ्चित गरिएको छ ।
रजिष्ट्रेसन पास लिन गएकाहरुलाई प्रतिनिधि कार्ड नदिएपछि दिनभर लाइनमा बसेर फर्कनु परेको थियो । प्रकृयागत रुपमा प्रतिनिधी चयन भएर अमेरिकाबाट काठमान्डौ पुगेकाहरु कार्ड नपाएपछि अन्यौल सृजना भएको छ ।प्रतिनिधी छनौटमा विवाद भएको पछि कार्ड नपाएकाहरुले एनआरएनएका नेताहरुको कमजोरी भएको बताएका छन् ।
अन्य देशको रजिष्टे«सन भए पनि अमेरिका संगै जापानको हुन सकेको छैन । रजिष्टे«सनमा समेत यस्तो हर्कत भएपछि एनआरएनए अमेरिका प्रति सबैले औला ठडाएका छन् । पैसा तिरेर पनि प्रतिनिधी बनेर काठमान्डौ पुगेकाहरुले निर्वाध रुपमा रजिष्टे«सन हुनुपर्ने र कार्ड पाउनु पर्ने आवाज उठाएका छन् । यता एनआरएनए तथा आइसीसीले भने यसलाई विवाद नभएर प्राविधिक कमजोरीका कारण रजिष्ट्रेसनमा समस्या आएको बताएको छ ।