अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पले हार स्वीकार गर्नुपर्ने बताएका छन् ।
उनले डेमोक्रेट प्रतिद्धन्द्धी जो बाइडेन संग हारिसकेकोले अब त्यसलाई स्वीकार्नु बाहेक अर्को विकल्प नरहेको बताएका छन् । उनले चुनावको परिणाममा कुनै परिवर्तन नआउने समेत बताए ।
सिबिएस न्युजको एक साक्षात्कार कार्यक्रममा के अब ट्रम्पले हार स्वीकार्नु पर्छ भन्ने प्रश्नमा ओबामाले निश्चित रुपमा स्वीकार्नु पर्ने बताए । उनले चुनावको एक वा दुई दिन पछि नै ट्रम्पले हार स्वीकार गर्नुपर्ने थियो भनेर जिकिर गरे ।
ट्रम्पलाई २३२ इलेक्ट्रोल कलेज भोट प्राप्त भएको छ । तर उनले हार स्वीकार नगरी पेन्सिलभेनिया, नेभाडा, मिसिगन, जर्जिया र एरिजोनाको चुनावको परिणामलाई चुनौती दिएका छन् । साथै उनले विस्किन्सनमा फेरि मतगण्नाको माग गरेका छन् । ट्रम्पले यी राज्यमा मतगणनाका क्रममा धाधली भएको आरोप लगाए । बाइडेनलाई ५३८ इलेक्ट्रोल कलेज भोटमा ३०६ प्राप्त भएको छ । जुन आवश्यक संख्या २७० भन्दा ज्यादै धेरै हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected