अमेरिका– अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाबाट प्रभावित मुलुकको अर्थव्यवस्था सुर्धान आर्थिक योजनाको घोषणा गरेका छन् ।
यो योजनामा उनले नया रोजगारी तथा नया प्रविधी तर्फ जोड दिएका छन् । बाइडेनले सोमबार एक भच्युअल बैठकमा यस्तो योजनाको घोषणा गरेका हुन । यो बैठकमा धेरै व्यवसायी, नेताहरुको सहभागितता रहेको थियो
उनले वर्तमान स्थितिमा सबै सासदहरु एक साथ आउनु पर्ने बताउदै उनले एउटा कोविड रिलिफ प्याकेज ल्याउनुपर्ने बताए । उनले यसपटक यो भाइरसलाई निर्मुल पारेर व्यवसायी तथा कामदारका लागी आर्थिक मदत गर्नेछौ । यसपछि हामीले पहिला भन्दा धेरै मजबुत र बृहत तरिकाले सबै काम सुरु गर्न सक्ने उनले बताए ।
उनले वातावरणलाई ध्यानमा राखेर इलेक्ट्रोनिक सवारी साधनमा पनि जोड दिनु पर्ने बेला आएको बताएका छन् । यो योजना अनुरुप ५ लाख ५० हजार चार्जिङ स्टेशन समेत बनाउन लागीएको बाइडेनले जानकारी दिएका छन । उनले घरबाट काम गर्नका लागी १० लाख भन्दा बढ रोजागरीको अवसर दिने तयारी समेत शुरु गर्न लागीएको बताए । उनले नया रोजगारी, नया सवारी साधन उत्पादन तथा प्रविधीको निर्माणमा जोड दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected