अमेरिका– ससारमा कोरोना महामारीबाट बढी प्रभावित मुलुक हो अमेरिका । अमेरिकामा अहिले सम्म यो कोरोनाबाट दस लाख भन्दा बढी बालबालिका संक्रमीत बनेका छन् । भर्खरै जारी गरिएको एक तथ्याङकमा यो खुलासा भएको हो ।
यो साता १ लाख १२ हजार बालबालिका कोरोना संक्रमण भएका छन् । कोरोना महामारी सुरु भए देखि नै यो तथ्याङक निकालिएको हो । यो तथ्याङक अमेरिकन एकडेमी अफ पेडिएट्रिक्सले जारी गरेको हो ।
यो संगै बाल अस्पताल एशोसिएसनले पनि १० लाख ३९ हजार ४६९ बालबालिका संक्रमीत भएको तथ्याङक सार्वजनिक गरेको छ । यो अमेरिकामा अहिलेसम्म निकालिएको तथ्याङकको ११.५ प्रतिशत हो ।
चीनको बुहानबाट सुरु भएको यो भाइरसबाट अहिले संसारभरका मुलुकहरु चपेटामा परेका छन् । यो भाइरसले सबै उमेरका मानिसलाई प्रभावित पारेको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















