कुमार जंग कार्की 
न्युजर्सी (अमेरिका)-न्युजर्सी राज्यमा कोरोना संक्रमितको सङ्ख्या पुन दिन प्रतिदिन बढ्दै गए पछि राज्यले मानिसहरुको जमघट तथा भेलामा प्रतिबन्ध लगाएको छ । गभर्नर फिल मर्फीले हिजो एक कार्यकारी आदेश जारी गरि सो प्रतिबन्ध लगाएका हुन । जारी गरिएको कार्यकारी आदेश अनुसार अब घर भित्र पनि १० जना भन्दा मानिस भेला हुन पाइने छैन भने घर बाहिर १५० जना भन्दा बढी मानिस जम्मा हुन प्रतिबन्ध लगाइएको छ । घर भित्र भेला हुन नपाउने प्रतिबन्ध आज अर्थात् १७ गते देखिनै लागु हुने छ भने १५० जना भन्दा बढी मानिस भेला हुन नपाइने नियम भने २३ गते देखि लागु हुने छ । कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएको र अमेरिकी चाड पर्ब हरु पनि नजिकिदै गरेको सन्दर्भमा पारिवारिक जमघट तथा भेला हरुले संक्रमण झन् फैलन सक्ने भन्दै एस्तो निर्णय गरिएको उनले बताए ।
यो प्रतिबन्ध धार्मिक समारोह , राजनीतिक समारोह , विवाह तथा बिशेष प्रदर्शनहरूमा भने लागु हुने छैन तर यस्ता कार्यक्रम हरुमा पनि कार्यक्रम स्थानको कुल क्षमता को २५ प्रतिसत वा बढीमा १५० जना भन्दा बढी भेला गराउन पाइने छैन ।

राज्यमा पछिल्लो चार दिनमा मात्रै १४,५६६ नया संक्रमित थपिएका छन् ति मध्य सनिबार सुक्रबार ३,३९९ सनिबार ४,३९५ र आइतबार ४,५४० संक्रमित थपिएका हुन भने आइतबार र सनिबार को सङ्ख्या मार्च महिना यताकै सबैभन्दा उच्च हुन । त्यस्तै हिजो कोरोना संक्रमणका कारण १४ जनाले ज्यान गुमाएका छन् भने स्यो संगै राज्यमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १४७७९ पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected