अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामाले आफनो पुस्तक ए प्रमिस ल्यान्डमा कयौ नया खुलासाहरु गरेका छन् ।
यो पुस्तक अहिले पुरै विश्वमा नै चचाको विषय बन्दै आएको छ । पुर्व ओबामाले संसारकै खतरनाक आतंककारी ओसामा विन लादेनको विषयमा एउटा ठुलो खुलासा पनि गरेका छन् । उनले पुस्तकमा पाकिस्तानको एवटाबादमा बिन लादेनलाई हमलाको योजनामा पाकिस्तानी सेनालाई सामेल गर्ने योजनालाई अस्विका गरेका थिए । किनकी पाक सेना विशेष रुपले खुपिया एजेन्सीको सम्बन्ध तालिवान संग बनेको थियो । उनले पुस्तकमा पाकिस्तान अलकायदासंग मिलेर अफगानिस्तान र भारतको विरुद्ध आतकवादी गतिविधी गदै आएको थियो ।
किताबमा पाकिस्तानको एवटाबादमा २०११ मे २ को दिन अमेरिकी कमान्डोद्धारा गरिएको गोप्य अपरेशनलाई तत्कालिन उप राष्ट्रपति जो बाइडेन तथा तत्कालिन रक्षा सचिव रोर्बट गेटसले विरोध जनाएका थिए । भर्खरै सार्वजनिक भएको पुस्तकलाई लिएर अमेरिकाका पुर्व राष्ट्रपति ओबामाले आतंकवादी लादेन मार्ने अनेकौ रहस्यको वर्णन पुस्तकमा गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected