अमेरिका– अमेरिकाको एक संघीय अदालतमा भारतीय कम्पनी ई–सम्पर्क तथा त्यसका निर्देशक गौरव गुप्ता माथि डेढ सय करोड रुपैयाको नोक्सानको आरोपमा मुद्धा चलाईदैछ । कम्पनीले भारतबाट अमेरिकामा इन्टरनेट कलको माध्यमबाट जालसाझी गर्नेहरुलाई उनले सर्वर उपलब्ध गराउदै आएको आरोप उनी माथि छ ।
अमेरिकाको न्याय विभागले उक्त कम्पनीले अमेरिकी उपभोक्तालाई गुमराहमा राखेर नोक्सानी पु¥याएको बताइएको छ ।
गौरव गुप्ता तथा उनको कम्पनीले सन् २०१५ को मे महिना देखि २०२० जुन सम्म फलोरिडामा सात सर्वरको माध्यमबाट भारतबाट जालसाझी गर्नेहरुलाई कलिङको सुविधा दिएको थियो । यी कलरहरुले अमेरिकाका हजारौ जनालाई आफनो जालसाझीको शिकार बनाए । सर्वरमा १ लाख ३० हजार भन्दा बढी रिकडिङ रहेको छ । जुन कल भारतबाट जालसाझी गर्ने र अमेरिकाका पीडित बीच कुराकानी संग सम्बन्धी रहेको छ ।
भारतमा कम्पनीको कल सेन्टर रहेको छ । खासी गरी उनिहरुले सिधासाधालाई निशाना बनाएर बैकको जानकारी लिएर अकाउन्टबाट पैसा निकालिएको छ । विभिन्न प्रलोभन दिएर फोन कल मार्फत ठगी गरिदै आएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...