अमेरिकाका पुर्व राष्ट्रपति ओबामाको पुस्त प्रमिस्ड ल्यान्डले बिक्रीको नया रेकर्ड बनाउदै
अमेरिका– अमेरिकाका पुर्व राष्ट्रपति बराक ओबामाको नया पुस्तक अ प्रमिस्ड ल्यान्ड सार्वजनिक भएको पहिलो दिनमै विक्रीको नया रेकर्ड भएको छ ।
पुस्तक पहिलो दिनमै अमेरिका र क्यानडमा मात्रै ८ लाख ९० हजार प्रति विक्री भएको हो । ओबामा पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका पुस्तक भन्दा बढी विक्री हुने अनुमान गरिएको छ । विश्वमै यतिबेला यो पुस्तकको व्यापक चर्चा भएको छ ।
प्रकाशन गृह पेन्गुइन ¥यान्डम हाउसका अनुसार पहिलो दिन विक्रीमा अग्रिग अर्डर, अडियो बुक तथा इ बुकको संख्या समेत जोडिएको हो । पेन्गुइन ¥यान्डम हाउसको सह प्रकाशन समुहका डेविड डे«कले भने– पहिलो दिनको विक्रीले हामीलाई निकै उत्साही बनाएको छ । उनले यो पुस्तकले यस अघिका राष्ट्रपतिका पुस्तक भन्दा बढी विक्री हुने आशा राखिएको बताए ।
पुस्तकमा ओबामाले २००८ को चुनाव प्रचार अभियान देखि लिएर राष्ट्रपतिको रुपमा आफनो पहिलो कार्यकालको अन्तमा पाकिस्तानको एबटाबादमा अलकायदा प्रमुख ओसामा विन लादेन मार्ने अभियान सम्मको यात्रा विवरण पस्केका छन् ।
यो पुस्तक दस दिनमा दस लाख प्रति विक्री हुने अपेक्षा प्रकाशन गृहले राखेको छ । ७६९ पृष्ठको यो पुस्तको मुल्य ४५ डलर रहेको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...