अमेरिकाको न्युयोर्कको एक अवैध जुवा घरमा गोली चल्दा चार जनाको ज्यान गएको छ । घटनामा तीन जना घाइते भएको स्थानिय प्रहरीलाई उद्धृत गदै स्थानिय संचारमाध्यमले जनाएका छन् ।
शनिवार बु्रकलिन स्थित क्राउन हाइटस इलाकाको उक्त जुवा घरमा कसले गोली चलाएको हो भन्ने बारेमा बिस्तृत जानकारी प्राप्त भएको छैन ।
घटनास्थलबाट प्रहरीले दुई बन्दुक बरामद गरेको छ । अहिले सम्म प्रहरीले कसैलाई गिरफतार गरेको छैन । घटना घटना व्यक्ति फरार रहेको र घाइते समेत रहेको प्रहरीले जनाएको छ । घटना लगत्तै घटनास्थलमा प्रहरी पुगेकाले थप जनधनको क्षति हुनबाट जोगिएको छ ।
प्रहरीले आक्रमणकारीको व्यापक खोजी गरिरहेको जनाइएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर प्रत्यक्षदर्शि संग जानकारी लिइरहेको छ ।
तस्वीर एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...