अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाडेन की पत्नी जिलको निति निर्देशक पदमा भारतीय महिला माला अडिगा नियुक्त भएकी छिन ।
अडिगाले बाइडेन– कमला हयारिस अभियानमा वरिष्ठ निति सल्लाहकार भएर काम गरेकी थिइन । यस अघि अडिगा बाइडेन फाउन्डेसन को उच्च शिक्षा तथा सैनिक परिवारको निर्देशक समेत थिइन । ओबामाको कार्यकाल पनि शैक्षिक तथा सास्कृतिक फाटमा सचिव भएर काम गरिसकेकी छिन् ।
इलिनोइस मा बसोबास गर्ने अडिगाले युनिभर्सिटी अफ मिनिसोटा स्कुल अफ पब्लिक हेल्थको ग्रिनल कलेज तथा शिकागो ल स्कुलबाट शिक्षा हासिल गरेकी हुन । सन् २००८ मा ओबामा को प्रचार अभियानमा सहभागी हुनु अघि नी शिकागोमा ल फर्ममा काम गर्थिन । उनले ओबामा प्रशासनबाट आफनो करिअरको सुरुवात गरेकी हुन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...