अमेरिका– अमेरिकामा कोरोना महामारीको दोस्रो लहर झनै विकराल बन्दै गएको छ ।
जाडो बढेसंगै अमेरिकामा कोरोना महामारीले उग्र रुप लिदै गएको हो । हरेक दिन अमेरिकामा कोरोना संक्रमीत हुनेहरुको तथ्याङक उच्च बन्दै गएको छ । गएको २४ घन्टामा अमेरिकामा १ लाख ९४ हजार भन्दा बढी कोरोना पोजेटिभ देखिएको पृष्टि भएको छ । अमेरिकामा अहिलेसम्म एक करोड २० लाख भन्दा बढी कोरोना संक्रमीतको सख्या नाघिसकेको छ । कोरोनाबाट अहिलेसम्म अमेरिकामा २ लाख ६० हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
अमेरिकामा गत साता हरेक दिन १ लाख ६६ हजार भन्दा बढी नया कोरोना पोजेटिभ बिरामी भेटिएको थियो । त्यो तथ्याङ क्रमश उकालो लाग्दै गएको छ । अमेरिकामा अहिले सबैभन्दा बढी कोरोना संक्रमण भएको राज्य टेक्सस बनेको छ । टेक्ससमा अहिलेसम्म ११ लाख ६० हजार भन्दा बढी संक्रमीत भइसकेका छन् । उता क्यालिफोर्नियामा पनि संक्रमीत ११ लाखको नजिक पुगेको छ । फलोरिडामा ९ लाख २० हजार भन्दा बढी कोरोना संक्रमीत भेटिएका छन् ।
कोरोना महामारी फैलिए पनि अमेरिकामा अधिकांश राज्यमा फेरि रातीको समयमा घरबाट बाहिर ननिस्कन स्थानिय सरकारले आदेश जारी गरिसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...