जिन्दगीको भागदौडमा
रित्तिसकेको म
अर्ध-विक्षिप्त म
निराश म
थाकेको म
एक्लो म
लाग्थ्यो
कस्ले साथ दिन्छ र
म संग बाँकी नै के छ र

उनी आईन
संगै बसिन
मलाई सान्त्वना दिईन
भनिन -“म शुन्यता…”
“तिम्रो सिर्जनशीलता
तिम्रो जीवनको मधुरता

तिमी र म
अव अरु कोहि चाहिदैन
हामी
स्वप्न-संसारमा निदाउँनेछौँ
कल्पनाको आकाशमा उड्नेछौं
भावनाको बगैंचामा डुल्नेछौं
सिर्जनाका फूलहरु फुलाउँनेछौ”

शुन्यता र म
अनि हाम्रा सिर्जनाहरु
फुरफुर गर्छन हाम्रो आँगनमा
शुन्यताको मधुर मुस्कान
अनि हाम्रो सहकार्य
पराजित भए मेरा
निराशा, थकाई र बैराग्य

आजकल
शुन्यता र म
सँधै संगै हुन्छौं

बिस्तारै म उनीमा एकाकार हुँदैछु
थाहा छैन
कुनै दिन
म पनि
उनी जस्तै अदृस्य, निराकार हुनेछु
तर हाम्रा सिर्जनाहरु फुलिरहनेछन
यो धरतीमा
डालस, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected