अमेरिका– अमेरिकाको न्युयोर्कमा रेलको नजिक एक महिलालाई धकेलेको आरोपमा एक भारतीय मुलका युवक पक्राउ परेका छन् ।
आदित्य बेमुलापति नामका २४ वर्षिय युवालाई लिलियाना लल्लनस नामकी महिलालाई हत्या प्रयास गरेको आरोप लगाइएको छ । समाचार एजेन्सीका अनुसार अदालतले बेमुलापतिलाई चार डिसेम्बर सम्म न्यायिक हिरासतमा पाएको छ । प्रहरीले आरोपीत युवालाई मानसिक रुपले पीडित बताएको छ । उनी बस्ने ठाउ समेत नभएको घरबारबिहिन युवक भएको बताइन्छ ।
रेल स्टेशनको सिसिटिभी फुटेजमा उनी म्यानहटनको युनियन स्क्वयारको एउटा सब स्टेशनमा उभिएको देखिएको छ । उनले आउदै गरेको रेलको नजिक ति महिलालाई धक्का दिएका थिए । रेलको दुई ट्रयाकको बीचमा लडन पुगेकी महिलालाई भने सामान्य चोट लागेको छ ।
प्रत्यक्षदर्शिका अनुसार महिलाले रेलको प्रतिक्षा गरिरहेको बेला ति युवक हडबडाउदै उनको नजिक पुगे र महिलालाई रेलको नजिक धक्का दिएका थिए ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected