अमेरिका– एउटा नया अध्ययन अनुसार झण्डै चार अर्ब वर्ष पहिला मंगलग्रहको भु–मध्य रेखा मा भिषण बाढी खाएको खुल्न आएको छ ।
साइनटिफिक रिपोर्टस नामक जर्नलमा प्रकाशित शोधमा नासाको क्युरियोसिटी रोबरद्धारा एकतित्र गरिएको तथ्यलाई आ“कलन गरिएको छ । यो रोबर नोभेम्बर, २०११ म लन्च गरिएको थियो । शोधका दौरान पाइएको तथ्य अनुसार उल्कापिन्डको प्रभावमा आएर मंगलग्रहको हिउ पग्लिएर त्यहा“ ठुलो बाढी आएको थियो ।
यो विश्लेषणको आधारमा अमेरिकाको कार्नेल विश्वविद्यालयका वैज्ञानिक सहित अन्य शोधकर्ताले यो भयानक बाढीबाट विशाल लहर पैदा भएको थियो । वैज्ञानिकहरुका अनुसार चार अर्ब वर्ष देखि मंगल ग्रहमा हावा तथा पानी मिश्रत भुगर्भिय विशेषता जमेको थियो । प्राचीन उल्कापिण्डको अध्ययन अनुसार मंगलग्रहमा ४.४ अर्ब साल अगाडी पानी बनेको थियो ।
धेरै वर्ष पहिला सहाराको रेगिस्तानमा पनि दुई उल्कापिण्ड भेटिएको थियो जुन मंगलग्रहकै नया प्रकारको उल्कापिण्ड भएको वैज्ञानिकहरुले अनुमान लगाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected