क्यालिफोर्नियामा चर्च बाहिर जथाभावी चक्कु प्रहारमा दुईको ज्यान गयो, केही गंभीर
अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा एउटा चर्चको बाहिर जथाभावी चक्कु प्रहारको घटनामा दुई जनाको मृत्यु हुनुका साथै केही गंभीर घाइते भएका छन् ।
यहा“को सान जोसको ग्रेस बैप्टिस्ट चर्चको बाहिर आईतबार राती मानिसहरुको समुहमा आक्रमणकारीले चक्कु प्रहार गर्दा दुई जनाको ज्यान जानुका साथै कयौ गंभीर घाइते भएका हुन ।
क्यालिफोर्नियाका मेयर सैम लिकार्डोले घटनामा दुई जनाको ज्यान गएकोमा दुख व्यक्त गदै एक संदिग्धलाई पक्राउ गरिएको जनाएका छन् ।
प्रहरीले हमलाकारीको बारेमा जानकारी जुटाइरहेको छ । हमलाको समयमा चर्चमा कुनै कार्यक्रम चलेको थिएन । उक्त समयमा बेघर मानिसहरुलार्य जाडोबाट बचाउन चर्चमा ल्याउदै गरिएको थियो । प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था र्गभीर रहेको बताएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिकी अध्यागमन अदालतमा शरण (Asylum) ...





















