वाइटहाउस तथा ट्रम्प टावरमा हमलाको षडयन्त्र रचेको आरोपमा अमेरिकामा दुई पक्राउ
अमेरिका–अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास व्हाइट हाउस तथा ट्रम्प टावर सहित केही स्थानमा इस्लामिक स्टेटबाट प्रभावित भई आक्रमणको षडयन्त्र रचेको आरोपमा साउथ क्यारोलिनाका एक व्यक्ति पक्राउ परेका छन् ।
अमेरिकी न्यायिक विभागका संघीय अधिकारीले आधिकारिक रुपमा मगलबार यो जानकारी दिएको हो ।
३४ वर्षिय क्रिस्टोफर सिन मैथ्युजले सान एन्टोनियोमा न्यायधिस समक्षको सुनुवाईमा आफनो षडयन्त्रको अपराध स्वीकार गरेका हुन । उनले टेक्ससका जेलिन क्रिस्टोफर मोलिना संग मिलेर सन् २०१९ को मे महिनामा देश तथा विदेशमा हमलाका लागी आतंकी संगठनमा भर्ति गराउने तथा बम बनाउन जानकारी साझा गदै षडयन्त्र रचेका थिए । यो घटनामा दुवै जनालाई गत अक्टोबर १४ मा दोषी पाइएको थियो । मैथ्युजलाई आगमी वर्षको मार्च चार गते सजाय सुनाइनेछ । उनलाई २० वर्षको जेल सजाय हुन सक्छ । त्यस्तै मोलिना अहिले प्रहरी हिरासतमा छन् । दोषी पाइएको खण्डमा उनलाई ४० वर्षको जेल सजाय हुन सक्छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...