यस्तो हुदैछ अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिको सत्ता हस्तान्तरण कार्यक्रम

अमेरिका– अमेरिकामा औपचारिक रुपमा जो बाइडेन भावी राष्ट्रपति निर्वाचित भएको घोषणा भइसकेको छ ।
जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि सत्ता हस्तान्तरणको प्रकृया पनि सुरु भइसकेको छ । अमेरिकी नया राष्ट्रपतिको सत्ता हस्तान्तरण कार्यक्रम झण्डै एघारत साताको लामो प्रकृया हुने गर्छ । यो प्रकृया राष्ट्रपतिमा निर्वाचित भएपछि जनवरी २० सम्म नियमित चल्ने गर्छ । निर्वाचित राष्ट्रपतिले पदभार समालेपछि झण्डै ४ हजार राजनितिक पदमा नियुक्ती हुन्छ । यी चार हजार राजनितिक पदको नियुक्ती मध्ये १२ सय कर्मचारी सिनेटले पृष्ठि गर्नुपर्छ । जसमा सरकार हस्तान्तरणको दौरान उनको पृष्ठिभुमीको पृष्ठि गर्ने गर्छ ।
सत्ता हस्तान्तरणको दौरान निर्वाचित राष्ट्रपतिको व्यस्त कार्यक्रमको संचालन देखि उनको ब्रिफिङ तथा कर्मचारीको नियुक्ती हुन्छ ।
बाइडेनले निर्वाचित भएपछि देखि नै कर्मचारी नियुक्त गर्न सुरु गरिसकेका छन् । निर्वाचित राष्ट्रपति तथा उनको टिमले औपचारिक रुपमा सरकारी स्रोतको उपयोग गर्न समेत सुरु गर्छन् । यो वर्ष राष्ट्रपतिको सत्ता हस्तान्तरण प्रकृया केही लामो समय लागेको छ । २३ नोभेम्बर भन्दा अगाडी बाइडेनलाई विजेताको रुपमा पहिचान नगरेपछि यस्तो ढिलाइ भएको हो । चुनावको झण्डै तीन सातापछि बल्ल औचारिक रुपमा निर्वाचित राष्ट्रपतिको सत्ता हस्तान्तरणको प्रकृया सुरु भएको हो ।
जो बाइडेन २० जनवरीमा विभिन्न प्रकृयाहरु पुरा गदै वाइट हाउस प्रवेश गर्देछन् ।