अमेरिका –ट्रम्प प्रशासनले फेरि चिनिया एप टिकटकलाई आफनो अमेरिकी कोरोबार बिक्रीका लागी सात दिनको अल्टिमेटम दिएको छ ।
अहिले यो समय सिमा चार डिसेम्बर सम्म रहेको छ । यस अघि ट्रम्प प्रशासनले १२ नोभेम्बर सम्म आफनो अमेरिका कारोबार बिक्री गर्न टिकटकलाई आदेश दिएको थियो । पछि यो अमेरिकी खरिद कम्पनीहरुसंग सम्झौता सम्म पुग्न २७ नोभेम्बर सम्म बढाएको थियो । फेरि चार डिसेम्बर सम्म चिनिया कम्पनीले आफनो कारोबार नबेचे अमेरिकामा टिकटक प्रतिबन्ध हुन सक्ने बताइएको छ । प्रतिबन्धबाट बच्न बाइटडान्सले कानुनी लडाई पनि सुरु गरिसकेको छ ।
भिडियो शेयरिङ एपको मालिक हक चिनिया कम्पनी बाइटडान्स संग रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत ६ अगस्ट मा टिकटक प्रतिबन्धीत गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यो संगै उनले अर्को एउटा हस्ताक्षर पनि गरेका थिए । जसमा टिकटकलाई ९० दिन भित्र आफनो क कारोबार बेच्न भनिएको थियो । ट्रम्प प्रशासनले टिकटकलाई अमेरिकी नागरिकको डाटा चोरी गरेको आरोप लगाएको थियो । चीन तथा टिकटकले यो आरोपलाई झुठो ठहराएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected