टेक्सस– टेक्ससमा बसेर साहित्य सृजनामा सक्रिय साहित्यकार तथा स्रष्टा साझका संस्थापक वैकुण्डराज आचार्यलाई मातृशोक परेको छ ।
काठमान्ठौ महाराजगन्ज निवासी ९२ वर्षिया गुडकुमारी उपाध्याय आचार्यको बुधबार निवासमै निधन भएको हो ।
मस्तिषकमा रक्त जमेपछि निमोनिया भई ९२ वर्षिया आचार्यको निधन भएको हो । आचार्यका ६ छोरा र दुई छोरी रहेका छन् ।
एक वर्ष अघि मात्र पत्नी वियोग खेपेका बैकुण्ठराज आचार्यले मातृवियोग खेप्नु परेको छ । तीन महिना अघि मात्र आमालाई भेटेर आचार्य अमेरिका फर्किएका थिए । एक वर्ष अघि मात्र जीवन संगीनी इरा आचार्यको क्यानसरबाट अलपायुमा निधन भएको थियो । साहित्यकार आचार्य टेक्ससमा बसेर साहित्य सृजनामा सक्रिय छन् । उनका दुई कविता कृति न्यास्रो जन्मभुमि तथा आज फेरि कविता संग्रह प्रकाशित छन् ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















