मेरो भाइ बित्दा
मैले उ संग
साक्षात्कार गर्न खोजेको थिएँ
म संग धेरै प्रश्नहरु थिए
तर उसलाई भेट्टाउन सकिन
मेरी पत्नी बित्दा
फेरि उसैलाई खोजें
मलाई जवाफ चाहिएको थियो
तर उसलाई देख्न सकिन
अनि अव
आमा बित्दा पनि
भेटिएन उ
अझै
मेरा प्रश्नहरु यथावतै छन्
को हो उ ?
मलाई गाह्रो भयो
उसलाई जान्न
सक्छौ भने आऊ कोहि
मलाई सम्झाउन, बुझाउन
तर आफैंले
देखेका, सम्झेका, बुझेका छैनौ भने
नआऊ मलाई बुझाउन
मलाई अज्ञानी भन्न
मलाई शंका छ
तिमी पनि
म जस्तै
कतै
भित्र भित्रै भौतारिरहेका छौ
अलमलमा परेका छौ
र बाहिर
खुव ज्ञानी भएका छौ
अनि आफ्नो पसल चलाइरहेका छौ
रोजगार भएका छौ
आऊ !
आफैं संग प्रश्न गरौँ
कहिले सम्म यो अलमल
कहिले सम्म आफैं संग छल
खोजौं !
छ भने कुनै दिन भेटिएला
अनुत्तरित प्रश्नको जवाफ पाइएला
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...