राष्ट्रपति ट्रम्पले फेरि दोहोराए– २०२० को निर्वाचन सबैभन्दा असुरक्षीत
अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बर तीनमा भएको निर्वाचनमा निष्पक्ष नभएको आरोप फेरि दोहोराएका छन् । उनले यो पटकको निर्वाचन सबैभन्दा कम सुरक्षीत रहेको समेत बताएका छन् । आफनो हार स्वीकार नगरेका ट्रम्पल कयौ ठाउ“मा मुद्धा दायर गरे पनि शुन्य हात लागेको छ ।
ट्रम्पले आइतबार एक ट्वीट गदै २०२० को चुनावमा हुलाक मार्फत मतपत्रको बाढी आएको थियो तर त्यसको कुनै हिसाब छैन । अमेरिकामा भएको निर्वाचन यसपटक सर्वाधिक असुरक्षीत भएको ट्रम्पको आरोप छ । उनले यस अघि अन्तर्वातमा पनि भनेका थिए – ‘कुनै पनि हालतमा म चुनावमा हारे भनेर म स्वीकार गर्न सक्दिन ।’
अमेरिकाको बिस्किन्सनमा फेरि दोहोराएर मतगणना गर्दा समेत जो बाइडेनले जीत हासिल गरेका छन् । यस अघि ट्रम्पले यहा“ मतगणना पुनः गर्नुपर्ने भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...