अमेरिका– कोरोना महामारीको दोस्रो लहरबाट फेरि अमेरिका गुज्रिन पुगेको छ । अमेरिकामा संक्रमीतहरुको संख्या तिव्र रुपमा बढदै गएको छ । बिगत २७ दिन यता अमेरिकामा एक लाख भन्दा बढी सक्रमीतहरु भेटिएका छन् । बितेको २४ घन्टामा अमेरिकामा १ लाख ४३ हजार भन्दा बढी संक्रमीत थपिएका छन् ।
यो संगै संक्रमीतहरुको कुल संख्या बढेर १ करोड ३१ लख ४२ हजार भन्दा बढी पुगेको पृष्ठि भएको छ । अहिले सम्म २ लाख ६५ हजार भन्दा बढीको कोरोनाबाट ज्यान गइसकेको छ । संसारमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा सबैभन्दा बढी संक्रमीत भएको राज्य टेक्सस हो । यो राज्यमा अहिलेसम्म साढे १२ लाख संक्रमीतको संख्या पुगेको छ । उता कलिफोर्नियामा पनि कोरोना संक्रमीतको संख्या १२ लाख भन्दा बढी पुगेको छ । त्यसै गरी फलोरिडामा १० लाख संक्रमीत पुगेका छन् ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...