अमेरिका– आप्रवासी भिसाको सम्बन्धमा पनि फेरि डोनाल्ड ट्रम्प सरकारलाई ठुलो झडका लागेको छ ।
अमेरिकी अदालतले यस्तो भिसा लगाउन लागिएको बन्देजलाई पुर्ण रुपमा खारेज गर्न आदेश दिएको छ ।
प्रत्येक वर्ष आप्रवासी कामदारका लागी जारि गरिदै आएको एचवान बी भिसा र उनिहरुको तलब सुविधाको सम्बन्धमा रहेको थियो । अमेरिकामा कोरोना महामारी फैलिएपछि आप्रवासी कामदार अमेरिका प्रवेशलाई लिएर गत अक्टुबरमा नया नियम लागु गरिएको थियो । जसबाट दोस्रो देशबाट रोजगारका लागी अमेरिका आउनेको संख्यामा कम भएको थियो । त्यसै गरि उनिहरुलाई मिल्ने सेवा सुविधा समेत कटौती गरिएको थियो ।
ट्रम्प सररकाले गत अक्टुबरमा आप्रवासी कामदारका लागी जारी गरिदै आएको एचवान बी भिसामा प्रतिबन्ध लगाएका थिए । कोरोनाभाइरसले देशमा रोजगारी कम भएको भन्दै ट्रम्प सरकारले बाहिरबाट आउनेहरुलाई नियन्त्रण गर्न यो नियम लागु गर्न लागेको थियो । क्यालिफोर्नियाका जिल्ला न्यायधिस जेफ्री वाइटले यो नियमको पारदर्शिता नभएको भन्दै खारेज गरिदिएका हुन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected