टाइम म्यागजिनको कभर पेजमा भारतीय मुलकी अमेरिकन १५ वर्षिया गीतान्जली

अमेरिका– भारतीय मुलकी अमेरिकी नागरिक गीतान्जली रावलाई अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले किड अफ द एयर चुनेको छ ।
१५ वर्षिया रावले विज्ञानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै यो उपाधीले चुनेको हो । उनले साइबर सम्बन्धी एउटा एप बनाएकी थिइन । यसका साथै उनले दुषीत पानी तथा अफिमको लतको क्षेत्रमा आफनो एउटा प्रविधीको योगदान दिएकी थिइन ।
टाइम म्यागजिनले पहिलो पटक प्रतिभावान बालबालिकाको प्रतिष्पर्धाको आयोजना गरेको थियो । किड अफ द एयरमा ५ हजार भन्दा बढी बालबालिकाबाट उनी छनौटमा परेकी हुन । छनौट भएपछि उनी टाइम म्यागजिनको कभर पेजमा उनलाई समेटिएको छ । हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले उनको अन्तर्वाता लिएकी थिइन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...