अमेरिका– अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोह यसपटक भव्य नहुने भएको छ ।
आगामी जनवरी २० मा उनले भर्चुअल जस्तै समारोह मार्फत ४६ औ राष्ट्रपति को पदभार सम्माल्नेछन् । कोरोना संक्रमण बढदै गएपछि भव्य समारोह आयोजना नगर्ने योजना बनाइएको छ ।
अमेरिकाको नवनिर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपति पदको शपथग्रहण समारोह खुल्ला रुपमा आयोजना हुदै आएको छ । जुन समारोहमा सर्वसाधारणको समेत ठुलो संख्या मा उपस्थिति हुने गर्छ । यस्तो भव्य समारोह गर्दा संक्रमण बढ्न सक्छ ।
नवनिर्वाचित राष्ट्रपति बाइडेनले आफनो गृहनगर डेलाबरको बिलमिंगटनमा उनले भने– ‘मलाई लाग्छ शपथग्रहण समारोह भव्य हुनेछैन । ’
उनले भर्चुअल मार्फत सबै राज्य तथा पुरै अमेरिकामा सबैले शपथग्रहण समारोह देख्न सक्ने होस । उनले शपथ समारोहमा सोधिएको एक प्रश्नका क्रममा यस्तो जवाफ दिएका थिए ।
७८ वर्षिय बाइडेनले गत अगस्टमा आफनो पार्टि डेमोक्रेटको भर्चुअल सम्मेलन जस्तो हुने समेत प्रष्ट पारेका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...