..

अमेरिका– अमेरिकाको मिनिसोटा राज्यमा एउटा व्यस्त हाइवेमा एउटा जहाज इर्मजेन्सी लेन्डिङ गराइएको छ ।
जहाज इर्मजेन्सी ल्यान्डीङ गराइएको घटनाको भिडियो केही दिनदेखि समाजिक संजालमा भाइरल बन्दै गइरहेको छ । सिंगल इन्जिनको यो जहाजमा केही प्राविधिक गडबढी आएपछि सडकमा कुदीरहेका कार बीच नै ल्यान्डिङ गराइएको थियो । सडकमा ल्यान्डीङ गराउने क्रममा जहाज कुदीरहेको कारसंग ठक्कर खाएको थियो । तर घटनामा कुनै मानवीय क्षति भने भएन । यो घटनाको भिडियो मिनिसोटा डिपार्टमेन्ट अफ ट्रान्सपोर्टले ट्वीटमा शेयर गरेको हो । घटना गत बुधबार राती ९.३० बजे भएको थियो । तर भीडियो भने अहिले आएर भाइरल भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected