अमेरिका– अमेरिकामा महान पाइलटको रुपमा प्रसिद्ध रहेका जनरल चक इएगर ९७ वर्षको उमेरमा निधन भएको छ ।
.सात दशक पहिला ध्वनीको अवरोध तोडने पहिलो पाइलटको रुपमा उनी चिन्छिन् । उनी ध्वनी भन्दा पनि तिव्र गतिमा विमान उडाएपछि अन्तिरिक्षमा जाने बाटो खुलेको थियो । उनीको निधनको जानकारी पत्नी भिक्टोरियाले ट्वीट मार्फत दिएकी छिन् ।
महान पाइलटको रुपमा रहेका चक अमेरिकी वायुसेनामा १९४१ म आएका थिए । चकको पहिचान दोस्रो विश्वयुद्धमा बनेको थियो । दोस्रो विश्वयुद्धमा उनले पी–५१ ीवमान उडाएका थिए र १२ विमानलाई उनले खसालेका थिए ।यिनहरु मध्ये पा“च विमान त उनले एउटै उडानका क्रममा भएको युद्धमा खसालेका थिए । उनले २४ वर्षको उमेरमा १४ अकटोबर १९४७ मा आफनो बेल एक्स वान विमान ध्वनीको अवरोधलाई तोडेका थिए । जुन विमान क्यालिफोर्नियाको मोजावे रेगिस्तानको २६ हजार फिट उचाईमा उडाएका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...