अमेरिका– कोरोनाभाइरस संक्रमणको महामारीलार्य निस्तेज पार्न अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले नया योजना तयार पारेका छन् ।
उनले आफनो कार्यभार समालेपतछि  सुरुवाती सय दिन भित्र दस करोड भन्दा बढी अमेरिकनहरुलाई कोरोना भ्याक्सिन दिने योजना बनाएका छन् । यो संगै बाइडेन सरकारले विद्यालयहरु फेरि खोल्न सुरु गर्नेछन् र मास्क लगाउने नियमलाई अझ सशक्त बनाउनेछन् । बाइनडेले आफनो कार्यकालको सय दिन भित्र सबैलाई मास्क लगाउन अनिवार्य गर्ने बताएका छन् । उनले अमेरिकाभरी कोरोना भ्याक्सिन वितरण गर्न तिव्र रुपमा काम अघि बढीरहेको समेत एक कार्यक्रम मार्फत जानकारी दिएका थिए ।
बाइडेनले आगामी २० जनवरीमा आफनो पदभार सम्हाल्दैछन् । उनले सय दिनमा अमेरिकामा कोरोनाका विमारीको दिशा परिवर्तन गर्ने दाबी गरेका छन् । उनको पहिलो मिसन नै कोरोनाभाइरस नियन्त्रणमा चालिने कदम नै रहेको बताइएको छ ।
अमेरिकामा कोरोना महामारी जाडो संगै तिव्र रुपमा फैलिएको छ । अमेरिकामा अहिलेसम्म कोरोनाबाट २ लाख ८३ हजार भन्दा बढी अमेरिकनहरुको ज्यान गइसकेको छ । कोरोनाकै कारण बेरोजागरीको संख्या पनि आकाशिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected