टेक्सास (अमेरिका)– अमेरिकी सरकारले नेपाल लगायत अन्य मुलुकका बासिन्दालाई दिदै आएको टिपिएसको समयावधि थप गरेको छ ।
अमेरिकाको फेडरल रजिष्टरको कार्यालयले आफनो वेभसाईटमार्फत म्याद थपिएको मंगलबार जानकारी दिएको हो । टिपिएसको म्याद जनवरी ४ २०२१ देखि लागु हुने गरी अक्टोबर, ४ २०२१ सम्म गरि ९ महिना थपिएको हो ।
अमेरिकी सरकारले झण्डै १० हजार नेपालीलाई अमेरिकामा कानुनी रुपमा बस्न र काम गर्ने अवसर टिपिएस मार्फत प्रदान गदै आएको छ ।
नेपामा विनासकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति पुगेपछि अमेरिकी सरकारले नेपालीहरुलाई वैधानिक रुपमा काम गर्ने र छोटो समयका लागी स्वदेश जाने अवसर स्वरुप टिपिएसको सुविधा दिएको थियो ।।टिपिएस भनेको दैविक प्रकोपमा परेको मुलुकका नागरिकलाई दिइने सुविधा हो । यसले वर्क परमिट र छोटो समयकालागी भए पनि घर जाने ट्राभल सुविधा दिन्छ ।‘
कागजातबिहीन नेपालीहरुलाई सकिन लागेको टिपिएसको समयावधि थपिएपछि वैधानिक रुपमा काम गर्न पाइने आशाले उत्साही बनाएको छ । नेपालमा भूकम्पपछि नेपालीहरुलाई अमेरिकी सरकारले दिएको यो सुविधाले ग्रिनकार्ड नभएका र अध्ययनका लागी आएका विद्यार्थीहरुलाई राहतको अनुभव भएको छ ।
पर्यटक भिसा, कामदार भिसा र गैरकानुनी बाटो हुदै अमेरिका प्रवेश गर्ने र विद्यार्थीहरुले नै बढी मात्रमा टिपिएसको सुविधा लिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected