हिमालपारीको जिल्ला मुस्ताङका सोनाम लामा एनआरएनएमा उपाध्यक्षकाे उम्मेदवार

हिमालपारीको जिल्ला मुस्ताङ हो उनको थातथलो । तर अमेरिकाको न्युयोर्कमा बसोबास गर्ने सोनाम लामा व्यवसायी तथा एनआरएनएका सामाजिक व्यक्त्वि पनि हुन । उनी लामो समय देखि एनआरएनए अभियानमा लागेर आफुलाई चिनाइरहेका छन् । एनआरएनए उत्तर अमेरिकाको पुर्व क्षेत्रिय सयोजक लामा लामो सयम देखि एनआरएनएको गतिविधीहरुमा आफुलाई सोमल गराउदै आएका छन् ।
एनआरएनएमा लामो समय काम गरेका लामा यतिबेला एनआरएनएको उपाध्यक्ष पदका लागी उम्मेदवार बनेर अगाडी लम्केका छन् । औपचारिक रुपमा उपाध्यक्षमा उम्मेदवारी दिएका लामाले प्रचारप्रसारलाई पनि तिव्र पारेका छन् । २००९ देखि २०१३ सम्म आइसिसि सदस्य भएका लामा २०१५ मा क्षेत्रीय संयोजक बने ।
अमेरिकाको प्रसिद्ध सहर न्युयोर्कमा लोकप्रिय याक रेष्टुरा देखि अर्गानिक सुपरमार्केटका संचालक लामाले आफनो थातथलो मुस्ताङको मुक्तिनाथ क्षेत्रमा करोडौको होटल, विशाल बुद्ध स्तुपा देखि स्याउ खेतीमा करोडौको लगानी स्वदेशमा पनि भित्राएका छन् । उनले काठमान्डौको ठमेलमा समेत होटल संचलान गरेका छन् ।
सामाजिक कार्यमा समेत सक्रिय लामा नेपालमा विनाशकारी भुकम्प जादा राहत वितरणमा आफै खटिएर सहयोग पु¥याएका थिए ।
उनले निस्वार्थ सेवाभावले सामाजिक सेवा प्रतिको आफनो निरन्तर लगावलाई सबैको सहयोग र साथले सदैव पुर्णता दिने कुरामा उनी विश्वस्त छन् । परिवर्तनशिल परिस्थिति र बद्लिदो समयक्रम संगै संघको उद्देश्य र लक्ष्यहरु परिमार्जन हुने क्रममा धेरै कार्यहरु गर्न बाकी रहेको भन्दै ति काम सम्पन्न गर्न र गराउन आफुले अक्टोबर १५ देखि १८ सम्म हुन लागेको एनआरएनएको ९ औ सम्मेलनमा उपाध्यक्ष पदका लागी उम्मेदवारी दिएका छन् ।
उम्मेदवारीसंगै बुँदागत रुपमा उनका एजेन्डा यस्ता छन् :
१) गैर आवासीय नागरिकता निरन्तरतालाई व्यवहारीक रुपमा कार्यान्वयनको लागि आवश्यक पहल कदमी गर्ने ।
२) “भिजन २०२० एण्ड वियोण्ड” लाई पुर्ण रुपमा कार्यान्वयन गर्ने ।
३) समृद्व नेपालको लागि १० अर्व रुपैयाको सामुहिक लगानी कोष निमार्णको काम पूरा गर्ने
४) “भिजिट नेपाल-२०२०” सफल बनाउँन एक एनआरएनए सदस्य बराबर एक बिदेशी पर्यटन भित्र्याउन पहल गर्ने ।
५) बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि कल्याणकारी कोष स्थापनाको कार्यलाई यथासिघ्र सम्पन्न गर्ने ।
६) एनआरएनएले शूरुवात् गरेको पुराना मेघा प्रोजेक्टहरुलाई समयमै सम्पन्न गर्न/गराउन लागि पर्ने ।
७) बिदेशमा आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई देशमै उपयोग गर्ने उचित वातावरण निमार्ण गर्ने ।