अमेरिका–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बाल्यकालमा हुर्किएको घर चौथोपटक लिलामी हुन लागेको छ ।
न्युयोर्कको जमैकामा रहेको उक्त घर ३ मिलियन डलरमा लिलामी हुन लागेको हो । यो घर राष्ट्रपति ट्रम्पका बाबु फ्रेडले बनाएका थिए । डोनाल्ड ट्रम्पले यो घरमा चार वर्ष भन्दा बढीको समय व्यतित गरेका थिए । यस अघि २०१६ मा लिलामी भएको यो घर स्थानिय बासिन्दाले किनेका थिए । यो घरमा पा“च बेडरुम रहेको थियो । पछि ट्रम्पका पिताले बढाएर २३ कोठा बनाएका थिए ।
ट्रम्पका पिताले जमैका स्ट्रीटमा १९४० मा यो घर बनाएका थिए । मेन्सन ग्लोबल वेभसाइटका अनुसार यो घर कयौ तरिकाले यादगर रहेको बताईन्छ । फेरि पनि यो घर ट्रम्पकै प्रशसकले किन्ने अपेक्ष विक्री गर्ने कम्पनीले आशा राखेको छ ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected