अमेरिका– अमेरिकामा लगात्तार बढेको कोरोना महामारीको संक्रमणलाई छिट्टै नियन्त्रणमा ल्याउन कोरोना विरुद्धको भ्याक्सिनको आपत्तकालिन प्रयोगको सुरुवात गरिने भएको छ ।
अमेरिकाको खाद्य तथा औषधी प्रशासनले कोरानो विरुद्धको फाइजर भ्याक्सिन प्रयोगका लागी बिहीबार स्वीकृतिका लागी सिफारिस समेत गरिसकेको छ । एफडीएले  पनि भ्याक्सिनको आपतकालिन प्रयोगका लागी अनुमति प्राप्तका लागी शुक्रबार (आज) अन्तिम तयारी थालेको छ ।
अमेरिकामा आउदो सोमबार देखि आपतकालिन रुपमा कोरोना भ्याक्सिन लगाउने कामको थालनी हुने अपेक्षा गरिएको छ । अमेरिकाका स्वास्थय मन्त्री एलेक्स आजारले यसबारेमा संकेत पनि गरेका छन् । उनले कोरोना भ्याक्सिन अमेरिकामा सोमबार देखि आउने संभावना बढी रहेको बताएका छन् ।
समाचार स्रोतका अनुसार १६ वर्ष भन्दा माथिका उमेर समुहलाइ सुरुवाती चरणमा आपतकालिन रुपमा भ्याक्सिन लगाइने छ । अमेरिकामा गत बुधबार मात्रै २४ घन्टामा तीन हजार भन्दा बढीको कोरोनाबाट ज्यान गएको थियो । यो अहिलेसम्म कै कोरोनाबाट भएको उच्च मुत्युदर हो । भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुने अपेक्षा राखिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected