अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला हयारिस प्रतिष्ठित टाइम्स पत्रिकाको वर्ष व्यक्तिको रुपमा चुनिएका छन् । उनिहरुलाई अमेरिकाको परिदृश्य परिवर्तन गरेको भन्दै पर्सन अफ द इयरको रुपमा चुनेको हो । टाइम्स को कभर पेजमा उनिहरुलाई समेटिएको छ ।
टाइम म्यागजिनले अमेरिकाको कथा परिवर्तन गर्न का लागी उनिहरुलाई चुनेको प्रष्ट पारेको छ । यस अघि सन् २०१९ मा जलवायु परिवर्तनका ग्रेटा थुनवर्ग वर्ष व्यक्तिको रुपमा चुनिएका थिए । बाइडेनले ७८ वर्षको उमेरमा राष्ट्रपतिको रुपमा चुनाव जितेर इतिहास रचेका छन् । त्यसै गरी कमला हयारिसले पहिलो अश्वेत तथा दक्षिण एशियाली महिलाको रुपमा उपराष्ट्रपति पदमा जीत हासिल गरेकी छिन् । स्मरण रहोस २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टाइम्स म्यागजिनले वर्ष व्यक्तिको रुपमा चुनेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected