अमेरिका– अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले कोराना विरुद्धको फाइजर भ्याक्सिन प्रयोगका लागी अन्ततः अनुमति दिएको छ । सोमबार देखि भ्याक्सिन लगाउने काम सुरु हुने बताइएको छ ।
भ्याक्सिनले आपतकालिन प्रयोगका लागी मात्रै अनुमति पाएको हो । यो अनुमति संगै अब अमेरिकाभरि भ्याक्सिन पुग्ने बाटो खुलेको छ । एफडिएका वैज्ञानिक डेनिस हिन्टनले कोविड–१९ रोकथामका लागी फाइजर आपतकालिन प्रयोगका लागी अनुमति दिइएको पत्र लेखेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको २४ घन्टा भित्रमा भ्याक्सिनको पहिलो प्रयोग गरिने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले एक टेलिभिजन अन्तर्वातामा फेडेक्स तथा युपीएसको माध्यमबाट प्रयोग अगाडी नै अमेरिकाका प्रत्येक राज्यमा पुराउने काम भइरहेको बताएका छन् । भ्याक्सिन पहिला कसलाई लगाउने भनेर राज्य गर्भनरले नै तय गर्नेछन् । स्रोतका अनुसार वरिष्ठ नागरिक, स्वास्थ्यकर्मि तथा बिरामी व्यक्तिलाई भ्याक्सिनको पहिलो प्रथामिकतामा राखिएको छ । यसरी खोप लगाइएपछि अस्पताल भर्ना हुने र मुत्यु हुने घटनामा कम आउने राष्ट्रपति ट्रम्पको दाबा छ ।
अमेरिकी कम्पनी फाइजर तथा जर्मन कम्पनी बायोएनटेकले संयुक्त रुपमा भ्याक्सिन विकसित गरेको हो । यो भ्याक्सिनको बेलायत, बहराइन साउदी अरब तथा क्यानडामा समेत प्रयोगको अनुमति पाइसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected