अमेरिका-अमेरिकाको पेन्सिलभेनिया राज्यको लेन्कास्टर बस्दै आएका पत्रकार विष्णुहरि घिमिरे अस्वस्थ भएका छन ।
स्वास्थ्यमा समस्या आएपछि पेन्सिलभेनिया ह्यारिसबर्ग शहरको अस्पतालमा सघन उपचार कक्षमा उनकाे उपचार भईरहेकाे छ । केहि समय देखि घिमिरेले स्वास्थय परीक्षण गराउदै आएका थिए । फाेक्साे र मस्तिष्कमा संक्रमण देखिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

घिमिरे लामाे समय देखि नेपालकाे मुलधारकाे पत्रकारितामा उनी  क्रियाशिल थिए । उनी कान्तिपुर टिभी लगायतका मिडियामा आबद्द थिए । प्रवासमा पनि
उनी दुरवीन नेपाल अनलाईन पत्रिकामा आवद्द रही पत्रकारितामा
क्रियाशीलता देखाइरहेका छन ।युएसनेपाल पाेष्ट पत्रकार घिमिरेकाे शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected