कुमार जंग कार्की ,

न्युजर्सी अमेरिका-राज्यमा कोरोनाको पहिलो संक्रमित देखिएको करिब करिब ९ महिना पछि न्युजर्सीमा कोरोना बिरुद्धको पहिलो खोप आज नेवार्क स्थित युनिभर्सिटी हस्पिटल बाट लगाउन सुरु गरिएको छ । हस्पिटलको इमर्जेन्सी विभागमा कार्यरत नर्स बेनीक़ुइज खोप लगाउने पहिलो व्यक्त्ति हुन् ।

गभर्नर फिल मर्फीले दिएको जानकारी अनुसार राज्यलाई पहिलो खेपमा उपलब्ध भएको ७६ हजार खोप स्वास्थ्य सेवामा कार्यरत कर्मचारी तथा ओल्ड एज केयर सेन्टर बस्ने तथा काम गर्ने कर्मचारी हरुलाई लगाइने छ । साथै २०२१ को अप्रिल सम्म सबै नागरिक हरुलाई खोप उपलब्ध हुने उनले बताएका छन् ।

युनिभर्सिटी हस्पिटल सहित ६ हस्पिटल बाट खोप लगाउने ब्यबस्था गरिएको न्युजर्सी स्वास्थ्य बिभागले जनाएको छ । साथै पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारी तथा ओल्ड एज केयर सेन्टर बस्ने तथा काम गर्ने कर्मचारी गरि करिब ६ लाख ५० हजार लाई खोप लगाउने योजना रहेको बिभागले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected