अमेरिका– अमेरिकामा चिसो बढेसंगै भारी हिमपातले जनजीवन प्रभावित बनेको छ ।
हिमपात संगै आएको वर्षाले अमेरिकामा विभिन्न राज्यमा गरी तीन जनाको ज्यान गएको समाचार एजेन्सीहरुले जनाएका छन् । हिमपातको घटनामा पेन्सिलभेनियामा दुई जना तथा नर्थ क्यारोलिनामा एक जनाको ज्यान गएको बताइएको छ । हिमपातले भर्जिनियामा मात्रै २ सय भन्दा बढी सवारी दुर्घटना भएका छन् । अन्य राज्यमा पनि छिटफुट घटना भएको बताइएको छ । हिमपातसंगै बाक्लो हिउले सर्वसाधरणलाई घर बाहिर हिडडुल गर्न पनि मुस्किल भएको छ । अतिआवश्यक काम बाहेक अरु बेला घरबाट बाहिर ननिस्कन भनिएको छ । अमेरिकाका कतिपय राज्यामा रेल तथा बस सेवा पनि रद्ध गरिएको छ ।
यो वर्षको चिसो संगै अमेरिकाको न्युयोर्क, पेन्सिलभेनिया, भर्जिनिया, नर्थ क्यारोलिना लगायत अमेरिकाका दर्जनौ राज्यमा हिमपातले उत्पात मच्चाएको खबर छ । हिमपातका कारण हवाई सेवा समेत प्रभावित बनेको छ । समाचार स्रोतका अनुसार ३५ देखि ४७ सेन्टिमिटरसम्म हिमपात भएको अनुमान गरिएको छ । क्रिसमस सुरु हुनु एक साता अघि नै अमेरिकामा भीषण हिमपात सुरु भएको छ । अमेरिकाका मौसम विभागका अनुसार चिसो संगै हिमपात अझ बढने अनुमान गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected