अब २० मिनेटमै घरमै किटको प्रयोगले कोरोनाको नतिजा थाहा पाइने
अमेरिका– कोरोना परीक्षण गर्न झन्झट बेहोर्नु भएको छ भने अब धन्दा मान्नु पदैन । तपाईले आफनै घरमा बसेर कोरोना परीक्षण गर्न सक्नुहुनेछ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन विभागले डाक्टरको प्रेस्क्रिप्सन विना नै काउन्टरबाट किन्न मिल्ने कोरोना परीक्षण किट प्रयोगका लागी अनुमति दिएको छ ।
अब यो सुविधा पछि अमेरिकामा कोरोना परीक्षणको स्वाब ल्याबमा पठाएर लामो प्रकृयाको प्रतिक्षा गर्ने झन्झट टरेको छ । यो किट ३० डलरमा पसलको काउन्टर तथा अनलाइनबाट समेत मगाउन सकिनेछ । अहिले औषधी पसलहरुमा फाटफुट मात्रै पाइने छ र पछि बिस्तारै सहज पहु“चमा सर्वसाधारणलाई उपलब्ध गराइने एफडीले जनाएको छ । यो किटको प्रयोगपछि २० मिनेटमा कोरोनाको नतिजा मिल्ने बताइएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...