अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमण संग लडन फाइजर भ्याक्सिन दिन थालिएको छ ।
पहिलो चरणमा भने यो भ्याक्सिन स्वास्थकर्मि तथा अति आवश्यक हुनेहरुलाई दिइएको छ । यसैबीच एउटा प्रश्न सबैतिरबाट आएको छ के बालबालिकाहरुलाई पनि कोरोना भ्याक्सिन दिइनेछ । अमेरिकामा अहिलेसम्म यो भ्याक्सिन बालबालिकालाई दिने भनेर निक्यौल गरिएको छैन ।
अहिलेसम्म अलग –अलग उमेरका लागी भनेर यो भ्याक्सिनको अध्ययन र तथ्याङक पर्याप्त छैन । एक अध्ययन अनुसार आगामी वर्षसम्म यो भ्याक्सिन बालबालिकालाई पनि लगाउन सकिने बताइएको छ ।
फाइजर भ्याक्सिनको टेस्ट १२ वर्ष उमेर सम्म बालबालिकाहरुमा गत अक्टोबर महिना देखि सुरु गरिएको छ । यो टेस्टको नतिजा आउन अझै समय लाग्ने बताइएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन विभागले बालबालिकामा आपतकालिन प्रयोगका लागी अनुमति दिने पर्याप्त तथ्याङक भेटेको छैन ।
मोडर्ना भ्याक्सिन पनि १२ वर्ष कम उमेरका बालबालिमा २०२१ देखि मात्र टेस्ट सुरु हुने जनाइएको छ । आगामी वर्षको शैक्षिक सत्र सुरु हुनु अघि भ्याक्सिन बालबालिका लागि प्रयोग अनुमति पाउने या नपाउनेमा अझै अन्यौलता रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected