अमेरिका– कोरोनाभाइरस महामारीबाट जुँधीरहेको अमेरिकामा हरेक पाँच कैदी मध्येबाट एक कैदी कोरोनाभाइरस संक्रमीत भइरहेका छन् । जुन तथ्याङक सामान्य आवादीको तुलनामा चार गुना बढी हो ।
एशोसिएट प्रेस तथा मार्सल प्रोजेक्ट द्धारा जारी गरिएको तथ्याङक अनुसार केही राज्यमा आधा भन्दा बढी संक्रमित भएका छन् ।
अमेरिकामा कोरोना महामारी फैलिएको दस महिना पुगीसकेको छ । अहिले कोरोना भ्याक्सिन आएपछि संक्रमणमा कमी आउने विश्वास गरिएको छ । अमेरिकामा अहिलेसम्म विभिन्न राज्यका कारागारमा रहेका २ लाख ७५ हजार कैदीहरु कोरोना महामारीको चपेटामा परेका छन् । कोरोना संक्रमणबाटै १ हजार ७ सय भन्दा बढी कैदीहरुको ज्यान गइसकेको छ । कारागार भित्र कोरोना संक्रमणमा कमी आउने संकेत नदेखिएको समाचार एजेन्सीले जनाएको छ ।
गत मार्च महिनामा कारागारहरुबाट एकत्रित गरिएको तथ्याङकको आधारमा संक्रमीतको तथ्याङक संकलन गरिएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected