निष्ठुरी सपनाहरुले बिर्सेका छैनन् अझैं।
सीमान्त कल्पनाहरुले बिर्सेका छैनन् अझैं।

जीवनलाई निबन्धजस्तै ठानेर लेखिएका।
अनेकौं तर्कनाहरुले बिर्सेका छैनन् अझैं।

नरोजेर नचाहेर यदाकदा प्रकट हुने।
निर्दयी वेदनाहरुले बिर्सेका छैनन् अझैं।

केही भएजस्तो कतै केही नभएजस्तो।
स्वप्नील मूर्च्छनाहरुले बिर्सेका छैनन् अझैं।

बिर्सनेले सम्झे पनि, सम्झिनेले बिर्से पनि।
बिर्सेका सम्झनाहरुले बिर्सेका छैनन् अझैं।

चुनौतिका भीमकाय पहाडजस्ता अग्लाअग्ला।
अधुरा योजनाहरुले बिर्सेका छैनन् अझैं।

नफुलेरै “कोपिला” निमोठेर फालिएका।
विगतका घटनाहरुले बिर्सेका छैनन् अझैं।

नेपालगञ्ज

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected