अमेरिका– अमेरिकाको कोलोराडोको डेनेभरमा बस्दै आएकी सृष्टि प्रधान गभीर बिरामी भएर भर्खरै अस्पतालबाट डिस्जार्च भए पनि अवस्था झनै नाजुक रहेको छ ।
अकस्मात बिरामी भएर अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराएपछि डिस्चार्ज भए पनि उनको अवस्थामा सुधार आएको छैन ।
गत डिसेम्बर सातमा निमोनिया भएपछि उनलाई गंभीर अवस्थामा अस्पताल पु¥याइएको थियो ।
सास फेर्न मुस्किल भएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । प्यारालाइसिस समेत भएकी उनको अवस्थामा अझै गभीर रहेको बताइएको छ । हालै मात्र विवाह बन्धनमा बा“धिएकी उनको थप उपचारका लागी आर्थिक सहयोग आवश्यक भएको छ ।
डाक्टरका अनुसार उनको उपचार पुर्ण रुपमा निको हुन लामो समय लाग्ने बताएका छन् । अर्धचेत अवस्थामा अस्प्तालमा उपचार गराएर भर्खर मात्रै होसमा आएकी सृष्टिलाई बचाउन सबैलाई आर्थिक सहयोग गरिदिन गोफन्ड मार्फत आग्रह गरिएको छ । जीवनमरणको दोसाधमा रहेकी सृष्टिलाई बचाउन विशाल प्रधान लगायतका उनका साथीहरुले गोफन्ड खोलेर भविष्यमा पनि उनको उपचारमा सहयोग गरिदिन अपिल गरेका छन् ।

सहयाेग गर्न तलकाे लिंकमा जानुहाेला:

https://www.gofundme.com/f/help-shreeshti-in-her-recovery?fbclid=IwAR3KoA6e9pjFzTQ124Bjxx1LPcuRaykN_QOMcJLNab6NMWFOHFpQnebv850

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected