अझै स्वीकार गरेनन राष्ट्रपति ट्रम्पले पराजय, सर्वोच्च अदालतमा फेरि दायर नया मुद्धा

अमेरिकी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियान समितिले गत नोभेम्बर तीनमा भएको चुनावको परिणाम परिवर्तन गर्ने प्रयास जारी राखेको छ ।
समितिले चुनावी परिणामलाई लिएर अमेरिकी सर्वोच्च अदालतमा नया मुद्धा दायर गरेको छ । समितिले पेन्सिलभेनिया अदालतद्धारा गरिएको तीन वटै फैसलालाई खारेज गर्न समेत आग्रह गरेको छ ।
चुनावी विशेषज्ञका अनुसार यदि पेन्सिलभेनियाको इलेक्टोरल कलेज भोट हटाए पनि चुनावी परिणाममा कुनै परिवर्तन नआउने बताएको छ । बाइडेन र ट्रम्पको जीत अन्तर धेरै रहेकोले पेन्सिलभेनियाको परिणाम उल्टाए पनि बाइडेनको जीतलाई रोक्न मुस्किल छ ।
यता ट्रम्पका वकीलले रुडी गुलियानीले एक बयानमा अदालतलाई यो मामलाको फैसल जनवरी ६ अगाडी नै सुनवाई गर्न आग्रह गरेका छन् ।
जनवरी ६ मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन औपचारिक रुपमा राष्ट्रपति भएको घोषणा गरिनेछ ।
समाचार स्रोतका अनुसार ट्रम्पको चुनाव अभियान समितिले अहिलेसम्म झण्डै ५० वटा अदालतमा दायर गरिसकेको छ । ति मुद्धामा कुनै प्रमाण नभेटिएपछि अदालतले सबै मुद्धाहरु खारेज गरिसकेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...