अमेरिका– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आगामी २० जनवरीमा अमेरिकाको ४६ औ राष्ट्रपतिको रुपमा शपथ लिदैछन् ।
यो संगै जो बाइडेनले अहिले देखि नै सत्तालाई समाल्ने तयारी थालिसकेका छन् । उनले एक महिनाभित्र सबै ठिकठाक गर्न सुरु गर्ने बताएका छन् । यसैको तयारी स्वरुप अहिले जो बाइडेन आफनो टिम बनाउन लागीपरेका छन् ।
जो बाइडेनले एक ट्वीट गदै भनेका छन्– ‘एक महिनामा सबै ठिकठाक गर्न सुरु गर्नेछु ।’
सत्ता समालेको पहिलो दिनमै बाइडेनले जलवायु परिवर्तनको मुद्धासंग जुध्न ससारकै नेतृत्व गर्नका लागी समेत तयार रहेका छन् ।
बाइडने सत्ता लिन तयार भइरहेका बेला उता राष्ट्रपति डोनाल्ड ट्रम्प भने चुनावी परिणामलाई लिएर सर्वोच्च अदालतमा पुगेका छन् । उनले चुनावी परिणामलाई अझै स्वीकार गरेका छ्रैनन । बाइडेनलाई सहज सत्ता हस्तान्तरणका लागी राष्ट्रपति ट्रम्प तयार छैनन । उनी बाइडेनको सपथग्रहण समारोहमा उपस्थित हुने नहुनेमा पनि अन्यौल देखिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected