अमेरिका– अमेरिकी संसदले झण्डै ९  सय बिलियन डलरको राहत प्याकेज पारित गरेको छ ।
सोमबार अबेर राती अमेरिकी संसदको तल्लो सदन र सिनेटले पारित गरेको हो । ६ सय डलरको राहत चेक तथा काम गुमाएकालाई साप्ताहिक ३ सय डलर राहत दिइनेछ । अघिल्लो पटक ससदमा ल्याइएको भन्दा यसपटकको ठुलो राहत प्याकेज हो । अमेरिकी संसदमा १.४ ट्रिलियन डलरको खर्च विधयेक पनि पारित गरेको छ ।
बालबालिका तथा पाकाहरुलाई प्रति व्यक्ति ६ सय डलरको राहत चेक प्रदान गरिनेछ । वार्षिक ७५ हजार भन्दा कम कमाइ हुनेले यो राहत पाउनेछन् । बेरोजगारी विमाको समयसिमा ११ साता थप गरिएको छ । बेरोजगारी विमा डिसेम्बर २६ देखि भई आउदो माच १४ सम्म काम गुमाएकाहरुलाई साताको ३ सय डलर दिइनेछ ।
यसका साथै कोरोना महामारीका कारण प्रभावित साना व्यवसायी, स्कुल तथा स्वास्थ्य सेवालाई पनि आर्थिक सहायता प्रदान गरिनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected