टेक्सस– अमेरिकाको टेक्ससको उत्तरी क्षेत्रमा एउटा सानो जहाज उडान भरेको केही समयमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अमेरिकाको नागरिक उडडयन कार्यालयले जनाए अनुसार ब्हीलर एक्सप्रेस सिटी विमान ग्रयान्डफेरि नगर विमानस्थलबाट उडान भरेको केही समयपछि करीब १.६१ किलोमिटर पश्चिममा दुर्घटनाग्रस्त भएको हो । सडकमा गुडीरहेको ट्रकसंग दुर्घटनाग्रस्त विमान ठोकिएको थियो । यो हवाइमैदान ड्यालसबाट पश्चिमा अवस्थित छ ।
समाचार एजेन्सीले प्रत्यक्षदर्शिको इंगीत गर्द विमान तेज गतिमा खसेर एउटा टेलिफोनको पोलमा ठक्कर खाएर खसेको थियो । मृतकहरुको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected